रौतहट । रौतहटमा एक युवाको गोली हानी हत्या भएको छ । आइतबार साँझ भारतबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा तीन जना रौतहट पसेर एक जनालाई गोली हानेका हुन्।

रौतहटको ईशनाथ नपा ६ मा भारतीय सीमाभन्दा एक किलोमिटरभित्र नेपालतिर एकान्तमा गोली हानी फेरि भारततिरै भागेको स्थानीयको भनाइ छ।

गोली लागेका अन्दाजी २३ वर्षका युवकको घटनास्थलमै मृत्यु भएको छ। युवक भारतीय नै भएको स्थानीयको अनुमान छ। घटनाको विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।