काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाईन सञ्चालनमा आएसँगै भारतबाट ट्याङ्करमा ल्याउने गरिएको डिजेल बन्द भएको छ । पाईपबाटै डिजेल आउन थालेपछि भारतीय आयल निगमका विभिन्न डिपो तथा रिफाईनरी बरौनी, बैतालपुर, मुगलसराई, गोडा लगायतका ठाउँबाट आयात गर्ने डिलेज बन्न गरिएको नेपाल आयल निमगले जनाएको छ ।

भारतीय आयल निगमले पाइपबाट पठाएको डिजेलको परिमाण र गुणस्तरमा कुनै पनि कमी नरहेको बताउँदै निगमले पाइपलाईन सञ्चालनपछि निगमलाई ढुवानी बचत भएको लानकारी दिएको छ ।

निगमको विज्ञप्तिमा अहिलेसम्म पाइपबाट ४ करोड २७ लाख लिटर भन्दा बढी डिजेल आयात भएको र यो डिपोबाट भैरहवा, पोखरा, थानकोट, विराटनगर लगायतका डिपोलाई माग अनुसार डिजेल उपलब्ध गराइरहेको उल्लेख छ ।