काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छोड्ने घोषणा गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गर्छु, भनेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले राजीनामाको घोषणा गरेका हुन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु । नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’ उनी नेपालको टी–२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए।

२००४ मा सिनियर टोलीमा प्रवेश गरेका उनले २००९ मा राष्ट्रिय टोलीको कप्तानी सम्हाले । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारस अझै केही समय राष्ट्रिय टोलीमा पने रहने बताइएको छ ।