वीरगन्ज । भारतबाट राजश्व छलेर ल्याइएको चिनी नेपाली चिनी उद्योगको बोरामा राखेर बजारमा बिक्री गर्ने गरिएको फेला परेको छ ।

भारतबाट बाराको ग्रामीण भेगका नाका हुँदै अवैध रूपमा भित्र्याइएको चिनी कारोबारीले सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर सुगर एण्ड केमिकल इण्डस्ट्रि प्रालिको नाम, ठेगाना, लोगो र ब्राण्ड छापिएको बोरामा राखेर बजारमा बिक्री गर्दै आएको फेला परेको हो ।

बाराको कलैया उपहानगरपालिका(६ स्थित एक घरबाट प्रहरीले तस्करी गरेर ल्याइएको ३८ बोरामा रहेको १७ क्वीन्टल चिनी बरामद गरेपछि यो तथ्य बाहिर आएको हो । कलैया उपमहानगरपालिका ६ मछरहट्टा टोलमा रहेको रामनारायण यादवको घरमा भण्डारण गरेर राखिएको ३८ बोरा चिनी, चिनीको बोरा सिलाउने मेसिन १ थान र इन्दु शंकर चिनी उद्योगको नाम, ठेगाना, लोगो र ब्राण्ड छापिएको खाली बोरा २ सय थान प्रहरीले बरामद गरेको छ ।

बरामद गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । दिनेश र रमेश दाजुभाइ हुन् ।

तिहार र छठमा चिनीको खपत बढी हुन्छ ।

नेपाली उद्योगको भन्दा भारतको चिनी सस्तो पनि पर्छ । त्यहि भएर कारोबारीले अहिले तिहार र छठ नजिकिएको बेला भारतबाट अवैध रूपमा चिनी भित्र्याउन थालेका हुन् ।