काठमाडौं । आज विक्रम संवत् २०७६ साल असोज २९ गते वुधबार, ईश्वी संवत २०१९ अक्टुबर १६ । नेपाल सम्बत ११३९ कौलागा तृतिया । विश्व खाद्य दिवस । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको तृतीया तिथि राति ४ बजेर १९ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । भरणी नक्षत्र दिउँसो २ बजेर २१ मिनेटसम्म रहनेछ । आज वज्र योग र वणिज करण रहेको छ ।

चन्द्रमा आज मेष राशिमा छन् । यो दिन विष्णु भगवानको उपासना शुभ रहनेछ । यसैगरी, सूर्योदय (काठमाडौँमा) ६ बजेर ५ मिनेटमा हुुनेछ भने सूर्यास्त भरे बेलुकी ५ बजेर ३३ मिनेटमा हुनेछ ।