काठमाडौं । ज्यान मार्ने उद्योगको अभियोगमा काठमाडौ जिल्ला अदालतबाट म्याद जारी गरिएका सांसद पार्वत गुरूङ आइतबार जिल्ला अदातल काठमाडौंमा हाजिर भएका छन् ।

उनीविरुद्ध वीरध्वज खड्काले गएको वैशाख २९ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका थिए । त्यही मुद्दामा बयान दिन उनलाई अतालतले कात्तिक १४ गते भित्रमा हाजिर हुन म्याद तामेली गरेको र त्यही अनुसार उनी हाजिर हुन पुगे ।

स्थानीय तहको निर्वाचनका बखत काठमाडौंको गौशालामा दोलखाकै वीरध्वज खड्काले गुरुङको समेत संलग्नतामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।