काठमाडौं । नायिका वर्षा शिवाकोटी यतिबेला एउटा म्युजिक भिडियोलाई लिएर चर्चामा छिन्। तिहार लगत्तै रिलिज हुने गायक प्रमोद राज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’मा उनी मोडल भिजु पार्कीसँग ग्ल्यामर लुक्समा देखिएकी छन् । यसअघि उनी कुनै पनि म्युजिक भिडियो र फिल्ममा यस्तो रुपमा नदेखिएको जिकिर म्युजिक भिडियो बनाउनेहरुले गरेका छन् ।

केही दिनअघि युट्युब मार्फत सार्वजनिक गरिएको टिजर’मा नायिका शिवाकोटी र मोडल भिजु पार्कीका अन्तरंग दृश्य सकिन्छ । गीतको सुटिङ लगत्तै उनी अमेरिका उडेकी छन्। बजार हल्ला अनुसार उनी आफ्नो प्रेमी भेट्न अमेरिका गएकी हुन् । तर, उनले आफ्नो प्रेम सम्बन्ध र प्रेमीको बारेमा मिडियालाई बताएकी छैनन् । कुरा गोप्य राखेकी छन्।

आउन लागेको म्युनिक भिडियोमा स्वर–संगीत प्रमोद राज न्यौपानेको छ । यो गीतका रचनाकार नृपेश उप्रेती हुन् भने भिडियोको निर्देशन गम्भीर बिस्टले गरेका छन् ।

हेरौँ टिजर