काभ्रेपलाञ्चोक । प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मध्यरातमा पक्राउ गरेको छ ।

बुधबार मध्यराती जिल्ला प्रहरी कार्यालय काभे्रले पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक ९डीएसपी० दीपक गिरीले पनौती वडा न ९ शंखुबाट ३० बर्षीय जिल्ला नेता सुन्तली थोकर र रोशी गाउँपालिकाको वडा न ३ शिखरआम्बोटेबाट ३१ बर्षीय कृष्णबहादुर मगर र रोशी गाउँपालिका वडा न ५ सिसाखानीबाट ३० बर्षीय आशामान तामाङ पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका कृष्णबहादुर विप्लवको जिल्ला सदस्य तथा आशामान माओवादीका पुराना नेता रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गिरीले बताए । पक्राउ परेकी सुन्तली थोकरले आफू काभे्र जिल्ला सेक्रेटरी रहेको प्रहरीलाई बताएकी डीएसपी गिरीले बताए ।

उनले तीनै जनाको अनुसन्धान भइरहेको बताउनुभयो । काभे्क्र प्रतिबन्धित विप्लव समूहको गतिविधी बढेको खबर आएसँगै प्रहरीले जिल्लाभर उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेको छ । केही महिना अगाडि काभे्रको खानीखोला गाउँपालिकाको मिल्चेबाट केन्द्रीय नेता हेमन्तप्रकाश वली सहित नौ जना नेता प्रहरीले पक्राउ गरेको थियो ।