एजेन्सी । छात्रालाई बलात्कारपछि जिउँदै जलाउने १६ जनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । १९ वर्षीय छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिन पछि गत अप्रिल ६ मा उनलाई विद्यालयको कौसीमा लगेर बुर्का लगाएका ४र५ जनाले उजुरी फिर्ता लिन धम्क्याएका थिए ।

नुस्रतले उजुरी र्फिता नमानेपछि उनलाई जिउँदै जलाइएको थियो । उनको शरिरको ८० प्रतिशत भाग जलेको थियो । यद्यपी नुस्रतलाई जिउँदै उद्धार गरिएको थियो । हत्याराहरुले उक्त घटनालाई आत्महत्याको प्रयास गरेको भनी देखाउन खोजेका थिए । घटना पछि पनि उनले बयान दिइकी थिइन् ।

उक्त बयान नुस्रतका भाइले आफ्नो फोनमा रेकर्ड गरेका थिए । ‘प्रधानाध्यपकले मलाई छोएको थियो, म मेरो सास रहुञ्जेल यो अपराधको विरुद्ध लड्छु’ नुस्रतले वयानमा भनेकी छन् ।

उनले त्यस बयानमा केही आक्रमणकारीहरुको नाम समेत लिएकी थिइन् । बयान दिएको चार दिनपछि अप्रिल १० मा उनको मृत्यु भएको हो । यस घटनापछि बंगलादेशको विभिन्न क्षेत्रमा न्याय माग्दै आन्दोलन समेत भएको थियो ।