काठमाडौं । जिल्ला अदालत रौतहटले इँटाभट्टामा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ।

न्यायाधीश केशव पाण्डेको इजलासले अनुसन्धानका लागि तेस्रोपटक ८ दिनको म्याद थप गरेको हो। प्रहरीले १० दिन थुनामा राख्न अनुमति माग गरेको भए पनि अदालतले ८ दिनको म्याद थपेको हो। यसअघि सुरुमा ७ दिन र त्यसपछि ५ दिन थुनामा राख्न भनेको थियो, अदालतले ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पड्किँदा घाइते भएको भनिएका कयौँ मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि लागेको छ।

प्रहरी हिरासतमा रहेका आलमलाई सर्वोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २६ गते रौतहटकै इद्रिस गेटबाट पक्राउ गरेको थियो। शनिबारदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेस गर्नेगरी म्याद थप गरिएको छ । अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रोपटक म्याद थप भएको हो ।

घटनाबारे अनेकथरी कुरा
१२ वर्षपछि उधिनिएको राजपुर काण्डबारे अहिले अनेकथरी कुरा आउन थालेका छन् । घटनाको खास कुरा विस्तृत अनुसन्धान पनि थाहा होला । त्यो पनि निष्पक्ष छानविन भएमा । कांग्रेस सांसद आफताब आलम प्रहरी हिरासतमा छन् । उनीबारे बाहिर मान्छेका धारणा अनेक छन् । कसैले उनको जुँगालाई लिएर हेर्दै हिटलरजस्तो मान्छेले त्यस्तो घटना गराएन होला भनेर कसरी विश्वास गर्ने भन्छन् ? कतिपयले उनी मात्रै होइन त्यो बेला सरकारमा रहेका जिम्मेवार मान्छे र प्रहरी प्रशासनमा रहेका मान्छेमाथि पनि छानविन गरेर जेल कोंच्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । कांग्रेसका केही मान्छेले अनुसन्धान हुनदिनुपर्ने भने पनि केहीले यसलाई नियोजित भन्दै यस्ता कदमले मुलुक जोखिमतिर जाने बताएका छन् ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको फरहदवामा भएको विस्फोटको घटना लुकाउन र प्रमाण नष्ट गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्र नै संलग्न रहेको भन्दै मूलधारका सञ्चारमाध्यमले नियमित खबर लेखिरहेका छन् ।

सर्वोच्च अदालतको मिसिलका साथै अधिकारकर्मीको स्थलगत अध्ययन प्रतिवेदनले समेत घटना लुकाइएको, हुनुपर्नेजति अनुसन्धान नभएको निष्कर्ष निकालेको भन्नेहरु पनि छन् । पीडित परिवारले दर्ता गरेको रिटमाथिको फैसलामा सर्वोच्च अदालतले विस्फोटका मृतक र घाइतेलाई प्रहरी एस्कर्टिङमै इँटाभट्टामा लगिएको व्यहोरा उल्लेख छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रतिवेदनअनुसार रौतहटका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले ‘घटना भएको केही मिनेटपछि पुग्दा बम पड्केको कुनै संकेत नपाइएको’ जवाफ दिएका थिए । मानव अधिकार आयोगले समेत घटनामा प्रहरी र प्रशासनको भूमिकामाथि प्रश्न उठाएको थियो ।

घाइतेलाई प्रहरी एस्कर्टिङमा जलाइएको बयान सर्वोच्च अदालतको फैसलामा पीडितहरूको बयानसहित समावेश छ । त्यसमा उल्लिखित प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि केही घाइते होसमा छँदा ‘तत्काल उपचार गराऊ, हामीलाई छाड’ भनी चिच्याएका थिए । ‘घटना सार्वजनिक हुने डरले आलमले सहयोगीसँग मिली घाइतेलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको’बयानमा उल्लेख छ । मिसिलअनुसार आलमकै कारिन्दा शेख भदैईले नारायणसिंह राजपुतका छोरा पिन्टुलाई आलमको घरमा लगेका थिए । अरू युवा पनि त्यसरी नै बोलाइएका थिए । घटनाका केही घाइते एवं प्रत्यक्षदर्शी मारिएको पीडितको आरोप छ ।

प्रत्यक्षदर्शी सराजुल मियाँले बम विस्फोट हुँदा एक–दुई जनाको मृत्यु भएको, अन्य घाइतेमध्ये पिन्टुलाई दुवै हातमा अनि दायाँ तिघ्रामा र अर्काको बायाँ खुट्टामा चोट लागेको बताए । ‘म बम विस्फोट भएको ठाउँदेखि ५ मिटर पूर्व रूखमुनि बसेको थिएँ,’ उनको बयानमा भनिएको छ, ‘त्यो दिन साँझ खेतमा जाँदा त्यहाँ प्रहरीका दुइटा गाडीका बीचमा गएको ट्याक्टरबाट बोराको पोको निकाली इँटाभट्टामा हाल्दै गरेको देखेको हुँ । अनि म गहुँबारीमा लुकेर बाँचेको हुँ ।’ उनको भनाइले प्रमाण नष्ट गर्ने काममा प्रहरी नै संलग्न भएको भन्ने ठहर्छ । अर्का ओहिद मियाँको भनाइमा बिहान ६ बजे गाउँको मस्जिदको चौतारामा बसिरहेका बेला प्रतिवादी आलमले मोटरसाइकल चलाएको, बीचमा ओसी अख्तर बसेको र पछाडि शेख सराज बसेर पश्चिमतिर गएका थिए ।

घटनापछि इन्सेकले स्थलगत अध्ययन गरेको थियो । जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको पीडितको गुनासोलाई तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको व्यवहारले नै पुष्टि गरेको देखिन्छ । न्यौपानेको टीकापुर घटनामा मृत्यु भइसकेको छ ।

इन्सेकले प्रारम्भिक तथ्यहरूका आधारमा सरकारले तत्काल विज्ञहरूको संलग्नतामा उच्चस्तरीय छानबिन समिति–आयोग गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको थियो ।

यस्तै, सर्वोच्चमा रहेको मुद्दाको मिसिलमा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन र त्यस क्रममा संकलित अन्य प्रमाणसमेत छन् । आयोगको प्रतिवेदनअनुसार संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमका काकाको घरमा ठूलो आवाजमा विस्फोट भएको थियो । घटनास्थल बुथको एक किलोमिटर क्षेत्रभित्र थियो । घटना पुष्टि भए पनि ‘मृतक र घाइतेको संख्या यकिन हुन नसकेको’ निष्कर्षसहित आयोगले विस्फोटपछि इद्रिसको घर परिसरमा फेरबदल गरिएको प्रमाण संकलन गरेको भन्ने कुरा छ ।

बखान अरु पनि
केही दिन पहिले सत्तारुढ नेकपा निकट एक पत्रकारले आलमलाई सिध्याउनै पर्छ भनिरहेका थिए । त्यसै गरी मूलधारको एक शक्तिशाली अखबारले अन्य गाउँलेसँग नसोधी पीडित भनिएकाहरुसँग मात्रै कुरा गरेर तथा आफुलाई प्राप्त मानवअधिकारवादी संस्थाका प्रतिवेदन र अदालतको फैसला उदृत गर्दै एकै ढर्राको खबर छापिरहेको छ । तर, नेकपा निकट एक जना पत्रकारले, ‘अफताब आलमको एउटै वाक्यले राज्यलाइ नाङ्गेझार बनाइदिएको छ– रौतहट नरसंहार भएकै होइन, प्रहरीको काल्पनिक कथा हो । अदालतले उनको कथन सत्य ठहराए अचम्म नमान्नु होला’ भनेर लेखिदिएका छन् । अर्कोतिर नेकपा निकट एक जना सञ्चार उद्यमीले कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लाग्दा जसरी उनका पार्टीका मान्छेहरुले असहयोग गरे त्यसैगरी आलमलाई पनि उनकै पार्टीबाट असहयोग भइरहेको देखियो, भने । यसले प्रतिशोधका केही झलकहरु देखिएको उनको विश्लेषण छ ।

अर्कोतिर आलमको गाउँ घुमेर काठमाडौं फर्किएका केही पत्रकारले फरक धारको कुरा ल्याएका छन् । क्यानाडानेपाल डटकमका कार्यकारी सम्पादक सुदिप पौडेल र समाचार प्रमुख सन्तोष निरौलाले आलमको गाउँ पुगेर आफ्नो भोगाई जस्ताको त्यस्तै लेखेका छन् ।

हेरौँ पौडेल र निरौलाद्वयले लेखेको आलेख
रौतहटको राजपुर नगपालिकाले मुलुकको ध्यान तानिरहेको छ । यो क्षेत्र हो, कांग्रेस सांसद् मोहम्मद आफताव आलमको गाउँ हो । यस गाउँमा १२ वर्ष अघि भएको भनिएको जघन्य घटनाले मुलुकको ध्यान आकर्षित गरेको हो । पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते बम बनाउने क्रममा बम विस्फोट हुँदा दुईजना मारिएको र यस घटनामा घाइते भएको एक दर्जनबढीलाई इँट्टाभट्टामा हालेर हत्या गरिएको आमलमाथि आरोप लागेको छ । आलम यही आरोपमा गएको असोज २६ गते पक्राउ परेर प्रहरीको न्यायिक हिरासतमा छन् । उनी पक्राउ परेपछि एकाएक मुलुक तातको छ ।

जसरी सारा नेपालीको ध्यान तान्यो, त्यसरी नै क्यानाडानेपालको पनि ध्यान आकर्षित गर्यो । काठमाडौंबाट बुधबार हिँडेको क्यानाडानेपालको टीम बिहीबार चन्द्रनिगाहपुर हुँदै राजपुर प्रस्थाान गर्यो । करिब १० बजेतिर चन्द्रनिगाहपुर गौर सडकखण्डस्थित शेष इद्रिश गेटबाट राजपुर गाउँ छिर्यौं । हाम्रो टाेली चन्द्रनिगाहपुर गौरसडक खण्डको शेख इद्रिश गेटबाट पश्चिम हुदै राजपुर तर्फ लागौँ । कहीँ पिच बाटो त कतै बिग्रिएको सडक हुँदै राजपुरतर्फ अघि बढिरह्यौं । त्यस क्षेत्रकाबारेमा आइरहेका विभिन्न खबरले हामीलाई केही डरको अनुभूति गराइरहेको थियो । जति जति हामी अघि बढिरह्यौँ, त्यत्ति त्यत्ति हामी त्राससहित सतर्क हुँदै गइरहेका थियौँ । तर, हामीप्रति बाटोमा कसैले केही चासो नराखेको देखिएपछि हामीमा डर कम हुँदै गयो । करिब गाडीको १५ मिनेटको बाटो पार गरेपछि एक मोटरसाइकलमा आएका युवाले एकछिन गाडी रोक्न भने । हामीले कारण सोध्यौं । उसले अगाडिबाट बस आउँदैछ, बाटो सानो छ भन्ने जवाफ दियो । हामी रोकियौं । करिब पाँच मिनेट रोकिएपछि यात्रुबहाक बस आइपुग्यो । बस नजिकै आइपसगेपछि ती युवकले हामीलाई बस आइसकेपछि जानु होला भन्दै बाइकमा आफ्नो गन्तव्यतर्फ लाग्यो । जब जब आलम गाउँ राजपुर फरहदवा नजिक हुँदै गयो, त्यत्ति त्यत्ति हाम्रो उत्सुकता बढिरहेको थियो ।

शेख इद्रिश गेट हुँदै अघि बढिरहँदा कतै बस्ती भेटिए, कतै खेत, कतै डुबानमा परेर मरभूमि जस्तै बनाइएका जमिन, लाल बकैया नदीले भत्काइएको बाटो र पुल तथा सानोतिना जंगल जस्तै देखिने बगैँचा पार गर्दै अघि बढ्यौं । बीचमा हामीलाई कहाँ जान लागेको हो भनेर कसैले सोधेन । हामीलाई कसैले पच्छ्याइरहेको अनुभव गरेनौँ । हामी निर्वाध रुपमा राजपुर फरहदवा गाउँ छिर्यौँ । गाउँ छिर्दा पनि कसैले चासो देखाएनन् हामीप्रति । गाउँ भित्र छिरेर अलि अघि बढेपछि एउटा चियापसल नजिकै रहेको मिल अगाडि खाली ठाउँमा आठ दश जना मानिस बसेको ठाउँमा हामी रोकियौँ । हामी सवार गाडी रोकिएपछि त्यहाँ रहेका मानिसले हामीप्रति ध्यान दिए, उत्सुक देखिए । गाडीबाट ओर्लिएर हामी उनै मानिस भएतर्फ लायौं । हामी पुगेपछि आफू बसेको ठाउँ छाडिदिँदै बस्नुस् भन्दै खाटबाट उठे, केही वृद्ध पनि रहेकाले उनीहरुलाई उठाएर बस्नु उचित नठानेर ‘बस्नुस् बस्नस्’ भन्यौँ र उभिरह्यौँ ।

हामी उभिएपछि केही युवकले दुईवटा ब्रेन्च ल्याइदिएर बस्न आग्रह गरे, हामी बस्यौँ । यतिखेरसम्म केही मानिस हामी भएको ठाउँमा जम्मा भए । त्यहाँ उपस्थित मध्ये एकले हामीलाई कहाँबाट आएको सोधे । हामीले काठमाडौंबाट आएको र हामी पत्रकार रहेको भन्दै आउनुको कारण खुलायौँ । त्यसपछि उनीहरु झनै उत्सुक, जिज्ञासु त छँदै थिए, त्यस सँगै सँगै शंकालु पनि भए । शंकाको कारण उनीहरु खुलाउँदै थिए, पत्रकारले हाम्रोकुरा प्रष्ट देखाएनन्, ‘हामीले भनेको भन्दा फरक ढंगबाट समाचार आयो । त्यसै मध्ये एक जनाले आग्रह गरे, हामी जे भन्छौँ त्यस्तै देखाइदिनुहोला । हामीले बचन दियौँ, तपाइँहरुका कुरा बंग्याउने छैनौँ । त्यसपछि पालैसँगै त्यहाँ रहेका मानिस बोल्न अघि सरे । सबैभन्दा पहिला घटनाबारे बोल्न अगाडि आए, मम्ताज आलम । हाम्रो अगाडि राखिएको ब्रेन्चमा बसेका मम्ताजलाई सोध्यौँ, बम पड्किँदा कहाँ हुनुहुन्यो रु उनले भने बम पड्किएकै छैन । बम बनाउँदा पड्किएर दुई जनाको मृत्यु भएको र यस घटनाको दोषीको आरोपमा मोहम्मद आफ्ताव आलमलाई प्रहरीले पक्राउ गरेको छ, तपाइँ बम पड्किएको छैन किन भन्नु हुन्छ रु हाम्रो प्रश्न टुंगिन नपाउँदै मम्ताजले भने, ‘मन्त्री ९स्थानीयले आलमलाई मन्त्रीले सम्बोधन गर्छन्०लाई फसाउन खेलेको खेल हो, यहाँ बम पड्एिकै छैन । उनको राजनीतिक चरित्र हत्या गर्न आलमलाई पक्राउ गरिएको हो ।” उनले बम विस्फोट नभएको दाबी गरे ।

मम्ताज आलम हामीसँग कुरा गरिरहँदा केही मानिस जम्मा भइसकेका थिए, चारैतिर मानिसले घेरा हालेका थिए । तर, हामीलाई कुनै अवरोध सृजना भने गरेका थिएनन् । हामीले कडा-कडा प्रश्न गर्यौं, तपाइँहरु दबाबमा बम पड्किएको छैन भन्दै हुनुहुन्छ रु तर, क्रमशः बोलेका शेष अब्दुल्लाह, नुर लोहदा, शेष महसिन ,शेष समिन, अजर आलमले भने, ‘कसैको दबाबमा होइन, हामीले साँचो बोलेका हौँ, यहाँ बम पड्किएकै छैन ।’

बम पड्किएको स्थान, जिउँदै जलाइएको भनिएको इँट्टाभट्टा देखाउन आग्रह गरौँ, उनीहरु बम नै पड्किएको छैन भने कहाँ लगेर देखाउनु रु उल्टै प्रश्न गरे । बम विस्फोट भएको घर र इँट्टाभट्टाको तस्विर आएका छन् त ? भन्दा उनीहरुले भने, कुनै घरको खिचे होलान्, यहाँ चारैतिर इँट्टाभट्टा छ त्यसैको खिचेर देखाएका होलान्, तर बम विस्फोट भएको छैन, घटना नै भएको छैन ।’

उनीहरु घटना भएको भन्ने कुरा स्वीकार्दैनन् । सबैको एकै बोली छ, मोहम्मद आफ्ताव आलमको राजनीतिक शाख गिराएर रौतहटबाट कांग्रेसको गढ भत्काउन खोजिएको हो ।’ आलममाथि लागेको व्यक्ति हत्याको आरोप हामीसँग कुरा गरेका गाउँलेहरुले स्वीकारेनन्, उनीहरुले यसलाई अफवाह र आरोपको रुपमा मात्रै लिए । त्यसपछि हामीले सोध्यौँ, ‘तपाइँहरु गलत आरोप भन्नु हुन्छ, तर अलामलाई पक्राउ गरिएर कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ, दोषी सावित भए के गर्नु हुन्छ रु उनीहरुले ढुक्कसँग भने, आलम निर्दोष छन्, उनलाई न्यायालयले न्याय दिन्छ, हामीलाई अदालतमाथि विश्वास छ, निर्दोष सावित भएर छुट्नेछन् ।’

उनीहरुसँगको कुरा सकेपछि हामी विदा हुन लाग्यौ, त्यहाँ जम्मा भएका अधिकांशले हामीले बोलेका कुरा जस्ताको तस्तै प्रशारण गरिदिनुहोला भन्दै आग्रह गरे । हामीले उनीहरुलाई हुन्छ भन्दै त्यहाँबाट हिँड्यौँ । त्यसपछि आफताव आलमको घर गयौँ, तर अलामको घरको गेट ताल्चा लगाइएको थियो । अलामको परिवार गौरमा बस्ने गरेको कुरा थाहा पायौँ । त्यसपछि अलाम गाउँ घुमेर हामी काठमाडौँ फर्कियौँ ।