काठमाडौं । आज विक्रम संवत् २०७६ साल कात्तिक ९ गते शनिबार, ईश्वी संवत २०१९ अक्टुबर २६ । नेपाल सम्बत ११३९ कौलागा, त्रयोदशी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि दिउँसो २ बजेर ८ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र बिहान ७ बजेर ३१ मिनेटसम्म रहनेछ । यसैगरी आज वैधृति योग र भद्रा करण रहेको छ ।

चन्द्रमा कन्या राशिमा छन् । आज यमपञ्चकको पहिलो दिन कागतिहार हो । आजबाट यमपञ्चकको आरम्भ भएको छ । यमदूतका रूपमा कागको आज विशेष पूजा हुने गर्दछ । आजबाट पाँचदिनसम्म तिहार अर्थात् यमपञ्चक रहनेछ ।