काठमाडौं । तत्कालीन संविधानसभा सदस्य (सभासद्) कमला सुवेदीको निधन भएको छ ।  तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सुबेदीको केही समय अघि ब्रेन टुयुमरको उपाचार गरिएको थियो ।

रामेछाप घर भएकी सुवेदी तत्कालिन एमालेको तर्फबाट समानुपातिक संविधान सभा सदस्य बनिन् । उनी एमाले केन्द्रीय सल्लाहकार समितिको सदस्य समेत रहिन् ।  समाज परिवर्तनका निम्ती नेतृ सुवेदीको भूमिका अविस्मरणीय छ ।