काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार बिहान उनलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए ।

निर्देशक पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन् ।