काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी अब ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन् । पारस खड्काले कप्तानी छोडेपछि नेपाल क्रिकेट संघ९क्यान० ले तत्कालका लागि ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तानीमा नियुक्त गरेको हो ।

अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।

संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् । यसै गरी नेपाली क्रिकेट टिमको उपकप्तानमा दिपेन्द्रसिंह एैरीलाई नियुक्त गरिएको छ ।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउनेछ ।