एजेन्सी । पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसमा आगलागी भएको छ । आगलागी परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने ४० बढि घाइते भएका छन् ।

तेज गाम एक्सप्रेस कराचीबाट रावलपिण्डीको बीचमा चल्छ । रावलपिण्डी जाँदै गर्दा लियाकत पुरमा रेलको तीन ओटा डिब्बामा आगो लागेको हो ।

रहीम यार आनका उपकमिश्नर जमील अमहमदले घटनामा ६५ जनाको ज्यान गएको ३९ जना घाइतेमध्ये ६ जनाको अवस्था नाजुक रहेको बीबीसीलाई जनाएका छन् । घाइतेहरुको शेख जाएद अस्पतालको बर्न सेन्टरमा उपचार भैरहेको छ ।

रेल मन्त्रीका अनुसार लाहोरको इज्तिमा गैरहेको एक समूहसँग खाजाको सामान, ग्यास सिलिण्डर र चुल्हो थियो, जुन विस्फोटपछि रेलमा आगो लागेको हो । उनका अनुसार आगलागी नियन्त्रणमा लिइसकिएको छ र रेलको तीन ओटा डब्बा जलेका छन् ।

यो घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेको रेडियो पाकिस्तानले जनाएको छ ।

मृत्यु भएकामध्ये धेरैको पहिचान हुन सकेको छैन । अधिकारीहरु मृतकको सनाखत गर्ने कोसिसमा जुटेका छन् ।