काठमाडौँ । नायिका बर्षा सिवाकोटि आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोद राज न्यौपाने को नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्की संग रोमान्टिक लुक्स संगै अन्तरंग दृश्यमा देखिएकी हुन ।

प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचना नृपेश उप्रेतीले गरेका हुन् । गीतमा संगीत संयोजन भने उदय राज पौडेलले गरेका छन ।

भिडिओमा बर्षा र भिजुको रोमान्सलाई क्यामेरा मा नवराज उप्रेतीले कैद गरेका छन भने भिडिओ सम्पादन नवीन निरौलाको र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्टको रहेको छ ।

यस अघिका  ओटा म्युजिक भिडिओ लगातार बेलायतमै छायांकन गरेका गायक प्रमोद राज यस पटक भने ब्यबसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिक साथीहरुसंग काम गर्ने आफ्नो पहिले देखिकै चाहना पूरा गर्न नेपालमै भिडिओ बनाएको बताउँछन ।

भिडियो