काठमाडौँ । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनिएको छ “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ ।”
हालै भारत सरकारले नयाँ नक्साजारी गर्दा नेपालको कालापानी क्षेत्र भारतको भूभाग भित्र पारेको भन्ने विषयमा सञ्चार माध्यमहरूमा समाचार आएको सन्दर्भमा मन्त्रालयले यो विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा ‘नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ’।

विज्ञप्तिमा ‘दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउन पर्ने र एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’

सरकार नेपालको अन्तर्रा्ष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा नेपाल सरकार दृढ रहेको जारी विज्ञप्तिमा लेखिएको छ ।