विराटनगर । फेसबुकको म्यासेन्जरमा महिलालाई अश्लिल म्यासेज पठाएको अभियोगमा एक पर्यटन व्यवसायीलाई पक्राउ गरेर मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जग्गा कारोबारी समेत रहेका विराटनगर ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

नेपाल विरुद्ध अभद्र व्यवहार ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए । उनी लायन्स क्लबमा पनि सक्रिय छन् ।

पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको खिँउजुको भनाइ छ ।
प्रहरीले पीडित महिलाले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दामा अनुसन्धान थालिएको जनाएको छ ।

डीएसपी खिँउजुले प्रारम्भिक अनुसन्धानबाट नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएको पुष्टि भएको छ ।