काठमाडौं । आज विक्रम संवत् २०७६ साल कात्तिक २६ गते मंगलबार, ईश्वी संवत २०१९ नभेम्बर १२ । नेपाल सम्बत ११४० कछलाथ्व, पुर्णिमा । गुरु नानक जयन्ती÷विश्व निमोनिया दिवस ।

अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि बेलुकी ७ बजेर ४ मिनेटसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । भरणी नक्षत्र राति ९ बजेर ५० मिनेटसम्म रहनेछन् । यसैगरी आज व्यतिपात योग र भद्रा करण रहेको छ ।

चन्द्रमा आज मेष राशिमा छन् । आज पूर्णिमा व्रतका साथै कार्तिकस्नान एवं चतुर्मासव्रतको पनि समापन गर्ने दिन हो । यस्तै, आज मंगलबार गणेशजीको उपासना शुभ मानिन्छ ।