एजेन्सी । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेको खबर छ । भारतीय संचारमाध्यमले उहाँको मुम्बईस्थित ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर पचार भइरहेको भनी खबर दिएका छन् ।

छातिमा भाइरल इन्फेक्सन भएपछि मंगलबार दिउँसो मंगेशकरलाई अस्पताल लगिएको थियो । मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा–‘लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ’ भनी लेखिएको छ ।

सामाचार एजेन्सी पीटीआईले ९० वर्षीया लता मंगेशकर आईसीयूमा रहेको स्वास्थ्य गम्भीर रहेको भनी खबर लेखेको छ । भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।