काठमाडौं, । नेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेकोे हो ।

गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन शुरु गरेको यो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको हो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशुली थ्री ए उद्घटान हुनु भनेको निक्कै खुसीको कुरा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई चौतर्फी विकास गराउने कार्यमा आफूहरु कृयाशिल रहेको बताएका छन् ।

हामीले अब २र३ बर्षमा अति गरिब देशवाट माथि उठ्ने बताए उनले अबको १०÷१२ बर्षमा जनताले पाउनु पर्ने अधिकार र सेवा दिएर मध्यम आय भएको देशको रुपमा विकास गर्न सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्ने रोजगारी बढाउने आयत प्रतिस्थापन गर्ने र निर्यात बढाउने काम गर्ने कार्यमा सरकार कृयाशिल रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्र भएको देशको रुपमा विकास गराउने कार्यमा लागेको बताए । उनले उनले शुसासन सुव्यवस्था कायम गराउने तिव्र रुपमा बाटो, रेल र पानीको मार्गहरुको विकास गराउने बताए ।

प्रधानमन्त्री ओलीले अब बन्ने सडकहरु बलिया र डबल लेनकोे सडकहरुमा दुर्घटना जोखिम कम भएका सडकहरु बन्ने नेपालका सबै क्षेत्रमा सडक,विद्युत र संचारको स.ञ्जालवाट जोडिने
उनले जनताले समेत आफूले कर तिर्ने समयमा जग्गा जमिनको सकेसम्म कम कर तिर्ने र सरकारले मुआब्जाको धेरै देखाएर अवरोध गर्दा राष्ट्रिय आयोजनाहरुमा असर पारेको बताए यो आयोजना समेत ९० मेगावाटको बन्ने अवस्थामा यस्तै कारणले ६० मेगावाट मात्रै बनेको बताए ।

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ । लागत रु १२ अर्ब ६० करोड ९१२ करोड ५८ लाख डलर० रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।