नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।