काठमाडौं । आज विक्रम संवत् २०७६ साल मंसिर ४ गते वुधबार, ईश्वी संवत २०१९ नभेम्बर २० । नेपाल सम्बत ११४० कछलाथ्व, अष्टमी । अन्तर्राष्ट्रिय बाल दिवस ।
अहिले परिधावी संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको अष्टमी तिथि दिउँसो ११ बजेर ४३ मिनेटसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । अश्लेषा नक्षत्र राति ८ बजेर ३० मिनेटसम्म रहनेछ । यसैगरी आज ऐन्द्र योग र तैतिल करण रहेको छ ।

चन्द्रमा सिंह राशिमा छन् । आज वुधाष्टमीका साथै गोरखकालीपूजा पनि परेको छ । वुधबारका दिन अष्टमी तिथि परेको दिनलाई वुधाष्टमी भनिन्छ जुन भगवतीको उपासनाका लागि उत्तम रहन्छ ।