काठमाडौं । नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको विरोधमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ । काठमाडौंमा मंगलबार भारतले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन भएको छ ।

नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितका क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरेको छ । त्यसको विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा उनीहरुले लिम्पियाधुरासहितको नेपालको नक्सासहित नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र भारतले हालै सार्वजनिक गरेको नक्सा पछिको नेपाली नक्सा रहेको ब्यानर प्रदर्शन गरे । स्वाधिनताको रक्षाका लागि आफूहरु प्रदर्शनमा आउन बाध्य भएको उनीहरुले बताएका छन् ।