धनगढी । धनगढी उपमहानगरपालिकामा एकैसाथ ११ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । उपमहानगरका विभिन्न वडामा स्वास्थ्य केन्द्र निर्माण भइरहेका हुन् ।

हरेक वडामा स्वास्थ्य सेवा र्पुयाउने उद्देश्यका साथ स्वास्थ्य भवन निर्माण भइरहेको उपमहानगरले जनाएको छ । ११ वटा स्वास्थ्य भवन साढे ४ करोड लागतमा उपमहानगरकै बजेटमा निर्माण हुँदैछन् ।

उपमहागर भए पनि सबै वडामा सहजै स्वास्थ्य पहुँच पुग्न सकेको छैन् । साविक धनगढी नगरपालिका र उर्मा, फूलबारी गाविस मिलाएर धनगढीलाई उपमहानगर बनाएको हो । उपमहानगर बनाए पनि ग्रामिण बस्तीका नागरिकले स्वास्थ्य सेवा लिन धनगढी नै पुग्नुपर्ने बाध्यता छ ।

उपमहानगरका वडा नम्बर ३, ५, ७, ८, ९, ११ मा स्वास्थ्य भवन निर्माण भइरहेका छन् । यस्तै १३, १४, १५, १७ र १८ मा पनि स्वास्थ्य केन्द्रका लागि भवन निर्माण सुरु गरेको इन्जिनियर कमल ओझाले जानकारी दिए ।

६७ लाख लागत अनुमान गरेको भवनका लागि ४० लाखमा निर्माण पक्ष र उपमहानगर विच ठेक्का सम्झौता भएको छ ।

’ग्रमिण वस्तीमा चालु आर्थिक वर्ष्भित्रै सबै नागरिक सुरक्षित प्रसूति गृहसहितको आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि नगर स्वास्थ्य केन्द्र निर्माण सुरु गरेको हो,’ उनले भने ।

’उपमहानगरको नीति तथा कार्यक्रम तथा समग्र सरकारको सुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नगर स्वास्थ्य भवन निर्माणक काम अघि बढाएको हो।’ उपमहानगरका १९ वडामा अझै पनि कतिपय वडामा पूर्वाधार नहुँदा स्वास्थ्य सेवाबाट बञ्चित रहनुपर्ने अवस्था यथावत रहेको छ ।