काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद(साग) मा सर्वा्धिक स्वर्ण जितेको इतिहास बनाएको छ । नेपालमा जारी सागको तेह्रौं दक्षिण एसियाली खेलकुद संस्करणमा आठौं सागमा सर्वा्धिक स्वर्ण जितेको कीर्तिमान भङ्ग गरेको छ ।

तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले बिहिबार ३२ औं स्वर्ण जितेको छ । घरेलु मैदानमै २० वर्ष अगाडि सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । साइक्लिङ्गको क्रस कन्ट्री पुरुषमा नेपालका लागि बुद्धिबहादुर तामाङ्ले स्वर्ण पदक जितेर नेपालले नयाँ कीर्तिमान बनाएको हो ।

१९९९ मा सम्पन्न आठौं सागमा नेपालले कुल ३१ स्वर्ण जितेकोमा सबैभन्दा बढी कराँते र तेक्वान्दोमा १४र१४ स्वर्ण पदक प्राप्त गरेको थियो । जारी सागमा पनि नेपालले तेक्वान्दो र कराँते विधाबाट नै सर्वा्धिक स्वर्ण हात पारेको हो । यद्दपी तेह्रौं सागमा तेक्वान्दो र कराँते विधामा स्वर्णको संख्या घटेको छ ।

तेक्वान्दोमा हालसम्म ११ स्वर्ण जितेको नेपालले कराँतेतर्फ १० स्वर्ण जितेको छ । त्यसैगरी, उसु र साइक्लिङ्गमा चार चार, ट्रायथलन र डुवाथोलन र एथलेटिक्समा एक एक गरी ३२ स्वर्ण जितेको छ ।

आठौं सागमा नेपालले कराँते र तेक्वान्दो अतिरिक्त पौडी र बक्सिङ्गमा थप स्वर्ण जितेको थियो । पौडीमा एक र बक्सिङ्गमा दुई स्वर्ण जितेर कुल स्वर्ण पदकको संख्या ३१ पुर्याएको नेपालले जारी सागको साइक्लिङ्ग, उसु, एथलेटिक्स विधाको खेलमा समेत स्वर्ण प्राप्त गर्न सफल भएको छ ।