काठमाडौं । दक्षिण एसियाली खेलकूदको कुस्तीमा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती विधामा संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी हुन् । सागको कुस्ती विधामा नेपालले पहिलो पटक स्वर्ण जितेको हो ।

संगीताले ५५ किलो तौल समूहमा स्वर्ण पदक जितिन् । जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक जितेकी हुन् । शुक्रबार पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जित्यो । सकिरालाई संगिताले ४–१ को अन्तरमा हराउँदै नेपाललाई ४३औं स्वर्ण पदक दिलाईन् । स्वर्ण पदक जिते लगत्तै संगीता खुसीले रोइन् ।