एजेन्सी । मिनी प्रिन्टिेड फ्रक लगाएकै कारण ६० वर्षीया अभिनेत्री नीना गुप्ता चर्चामा आएकी छन् । उनले छोटो लुगा लगाएको फोटो इन्स्टाग्राममा सेयर गरेपछि चर्चा सुरु भएको हो । त्यो फोटो पोष्ट्याउँदा उनले लेखेकी छन्, ‘फ्रक मे शोक’ । यो फोटो खिच्ने भने गजराज हुन् ।

लामो समयपछि नीनाले ‘बधाई हो’ फल्मि रिलिज गरिन् । जसले मनग्य चर्चा बटुल्यो भने व्यापार समेत राम्रै गरेको छ । यसैको उमंगले नीना अनेक खाले चर्तिकला गर्न थालेकी छन् । व्यस्तताको कुरा गर्दा, अहिले उनी ‘शुम मंगल सावधान’मा काम गरिरहेकी छन् । निजी जीवनको कुरा गर्ने हो भने नीनाकी एक छोरी छिन् । उनको नाम हो, मसाबा । पेशाको हिसाबले उनी फेशन डिजाईनर हुन् । कुनै बेला अन्तर्वार्ता दिँदा नीनाले आफ्नो छोरीलाई अभिनेत्री बन्ने शोक रहेको बताएकी थिईन् । तर, आफुले अभिनयको साटो कुनै अर्को क्षेत्र रोज्न भनेको उनले अन्तर्वार्तामा भनेकी थिइन् ।

छोरीलाई उनले यो पनि भनिन् कि तिमिलाई अभिनेत्री नै बन्न मन छ भने विदेश जाउ, किन भने तिम्रो अनुहार र शरीर हेरेर भारतमा रोल मिल्न मुस्किल पर्ला । आमाले त्यति सम्झाएपछि अहिले उनी फेशन डिजाईन गरेर बसेकी छन् ।