काठमाडौं । आज विक्रम संवत् २०७६ साल पुस ३ गते बिहीवार, ईश्वी संवत २०१९ डिसेम्बर १९ । नेपाल सम्बत ११४० थिंलागा, अष्टमी । अहिले परिधावी नामको संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे अष्टमी तिथि राति १० बजेर ८ मिनेटसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् ।

सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र राति ११ बजेर ५१ मिनेटसम्म रहनेछन् । यसैगरी, आज विष्कुम्भादिमा आयुष्मान् योग, आन्दादिमा मातङ्ग योग र बालव करण रहेको छ ।

चन्द्रमा बिहान ७ बजेर ७ मिनेटसम्म सिंह राशिमा छन् । त्यसपछि कन्या राशिमा रहनेछन् । आज अष्टमीव्रतका साथै गोरखकाली पूजा पनि परेको छ । त्यसैले आज गोरखकाली भगवतीको उपासना शुभ रहनेछ ।