सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बस दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई निद्रा नलागेको अभिव्यक्ति दिन भ्याए । तर, त्यही बस दुर्घटनामा बाँचेकी सात महिने बालिका बेसहारा बनेकी छन् ।

उनी केही खान मान्दिनन् । आमाको दुर्घटनामा मृत्यु भयो । बाबु कहाँ छन् थाहा छैन । हुँदा–हुँदा अहिलेसम्म उनको नाम के हो रु सम्म पनि कसैले भन्न सकेका छैनन् । कतिपयले दुर्घटनालगत्तै फरार भएका चालककै छोरी भनेर पनि भनिरहेका छन्, ती बालिकालाई । गएको मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परेकी यी बालिकालाई सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि लगियो । उपचार सकिएपछि पनि खास अभिभावक भेटिएनन् । अहिले अस्पतालको संरक्षणमा राखिएको छ ।

बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परी बाँचेकी यी दूधेबालिका एक्ली छन् । अस्पतालले नै बालिकाको रेखदेख गर्दै आएको छ । बोतलको दूध खान मान्दिनन् र उनलाई अन्य खानेकुरा खुवाउन पनि सकिएको छैन । अहिले एउटा जुक्ति लगाइएको छ, एक साताअघि सुत्केरी भएकी सुनकोसी गाउँपालिका–७ की सुनिता माझी अस्पताल पुगेर दूध चुसाउने गरिरहेकी छन् ।

अस्पतालकी नर्स लक्ष्मी विकले ती बालिकाको स्वास्थ्य राम्रो रहेको र अहिले बाल स्याहार कक्षमा राखिएको बताईन् । उनका अनुसार आमाले दिने मातृत्वअनुरूप नै स्याहारसुसार गरिएको छ । यस्तै, अस्पतालका डा। राजकुमार दङ्गालले, ‘बालिकाको उचित हेरचाह र पालनपोषण भइरहेको छ’ भने ।

प्रहरीले पनि ती बालिकाको अभिभावक नभेट्टिएको जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार बालिकाको आफन्त हौँ भनेर केही व्यक्ति आए पनि प्रमाण नपुगेकाले जिम्मा लगाउन सकिएन ।

न्यौपाने बालिका दुर्घटना भएको बसका चालक ९ड्राईभर०सुमन तामाङकै छोरी भएको बताउँछन् । तर, चालक तामाङ अहिलेसम्म फरार छन् । तामाङको घर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भएको प्रहरीले जानकारी दिएको छ ।