काठमाडौं । आज विक्रम संवत् २०७६ साल पुस ७ गते आइतवार, ईश्वी संवत २०१९ डिसेम्बर, २३ । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे द्वादशी तिथि दिउँसो १ बजेर ४४ मिनेटसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । विशाखा नक्षत्र बेलुकी ६ बजेर १६ मिनेटसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा सुकर्म योग, आन्दादिमा मित्र योग र गर करण रहेका छन् ।

चन्द्रमा दिउँसो १२ बजेर ३० मिनेटसम्म तुला राशिमा र सो पश्चात् वृश्चिक राशिमा रहनेछन् । आज सोमप्रदोषव्रत परेको छ । सोमवार परेको प्रदोष व्रतलाई विशेष उत्तम फलदायी मानिन्छ । सोमवार यसै पनि शिवजीको उपासना गर्ने दिन हो । प्रदोष पनि रहने भएकाले आज साम्वसदा शिवजीको आराधना एवं कथाश्रवण शुभरहनेछ ।

त्रयोदशी तिथियुक्त सूर्यास्तकालीन समयलाई विशेष दोषयुक्त मानिन्छ । यस्तो, दोषबाट संरक्षण गर्ने सामथ्र्य केवल शिवजीमा मात्र रहने भएकाले उक्त समयमा ॐ नमः शिवाय को मन्त्र जपका साथै शिवस्तोत्रपाठ शुभ रहनेछ ।