काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जितसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी फर्कने क्रममा राजदूत पुरीले राष्ट्रपति र प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् ।

विदाई भेटमा उनीहरुबीच नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।