काठमाडौं । आज विक्रम संवत् २०७६ साल पुस ११ गते शुक्रवार, ईश्वी संवत २०१९ डिसेम्बर, २७ । नेपाल सम्बत ११४० पोहेलाथ्व, प्रतिपदा ।अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको प्रतिपदा तिथि बिहान १० बजेर २७ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र बेलुकी ५ बजेर ५४ मिनेटसम्म रहनेछ । यसैगरी आज विष्कुम्भादिमा ध्रुव योग, आन्दादिमा प्रवद्र्ध योग र बालव करण रहेको छ ।

चन्द्रमा धनु राशिमा छन् । चन्द्रमाका हिसाबले आज पूर्व र उत्तर दिशाको यात्राका शुभ रहनेछ । आजबाट आकाशमा चन्द्रमा उदाउनेछन् । शुक्लपक्षमा चन्द्रमाको उज्यालोभाग क्रमशः बढ्दै जने गर्दछ । यसैगरी आज तोलल्लोसार पर्व पनि परेको छ ।