तेहराइन । इरानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार चालक दलका सदस्य सहित सवार १८० जना यात्रुको मृत्यु भएको हो ।

तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन् । विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्य्स्पिल विमानस्थलका लागि उडेको केही क्षणमै दुर्घटनामा परेको हो ।

इरानले इरामा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको हो ।