काठमाडौं । राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन फर्काइको छ । चीनबाट आएका चार्टर्ड विमानमा राखेर उनीहरुलाई चीन फर्काइएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

उनीहरुलाई लिन पूर्वी चाइना र पश्चिम चाइना गरी दुई जहाज नेपाल आएका थिए । काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटमा राखिएका ती चिनियाँलाई विमानस्थलसम्म बसमा राखेर लगिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।

काठमाडौंको मनमैजु, बुढानीलकण्ठ, महाराजगञ्ज लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । उनीहरुलाई काठमाडौं प्रशासनले एक हजार नेरु जरिवाना तिराउने आदेश दिएका थिए । जरिवानाको पैँसा भने नेपालस्थित चिनियाँ दूतावासले तिरेको छ ।

थुनामुक्त भएकै लिन आइतबार साँझ प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । तर, अध्यागमन विभागमा त्यतिधेरै मान्छे अटाउने ठाउँ नभएपछि प्रहरीकै जिम्मा छोडिएको थियो । उनीहरुलाई फिर्ता पठाउन ट्राभल डकुमेन्ट तयार पारेर सोमबारै दूतावासले ट्राभल अध्यागमन विभागलाई उपलब्ध गराएको थियो ।