शुक्रबार पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्ने भएको छ ।

आज लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ । यसपटकको चन्द्र ग्रहण भारत, एसिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ ।

२०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन् । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।

ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ । यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन् ।

ग्रहणमा कुम्भ, तुला, मीन र कर्कट राशीमा शुभ पल देखिएको छ भने मेष, कन्या, मिथुन र सिंह राशीमा मध्यम फल देखिएको छ । त्यस्तै मकर, वृश्चिक, वृष र धनु राशीमा अशुभ फल देखिएको छ ।