एजेन्सी । ओम राउत निर्देशित फिल्म ‘तानाजी : द अनसंग वारियर’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्ममा अजय देवगनसँगै सैफ अली खान पनि मुख्य भूमिकामा छन् । फिल्ममा उनी एक विलेनको भूमिकामा छन् । उनको क्यारेक्टरको नाम उदयभान राठोड हो । लामो समयपछि भिलेनको भूमिकामा फर्किएका अभिनेता सैफको क्यारेक्टर दर्शकले निकै रुचाएका छन् ।

फिल्ममा उनको अभिनय हेर्दा लाग्छ कि सायद यो फिल्मले सैफ अली खानको डुब्न लागेको करिअरलाई बचाउनका लागि ठूलै मद्दत गर्नेछ । योभन्दा अगाडि उनका फिल्म बक्सअफिसमा लगातार फ्लप छन् । ‘बम्बे टकीज’, ‘गो गोवा गोन’, ‘बुलेट राजा’, ‘हमशक्ल्स’, ‘ह्याप्पी इन्डिङ’, ‘डली की डोली’, ‘फ्याटम’, ‘कालाकांडी’, ‘बाजार’, ‘लाल कप्तान’ सबै फिल्म फ्लप भएका थिए ।

भिलेनको रोलमा सैफलाई निकै रुचाउने गरिएको छ । यसअघि सैफ फिल्म ‘ओम्कारा’ मा लगडा त्यागीको भूमिकामा थिए । यो क्यारेक्टरमा उनले निकै वाहवाही बटुलेका थिए । फिल्ममा अजय देवगन र करीना कपूर पनि प्रमुख भूमिकामा थिए । फिल्म ‘तानाजी’ मा पनि सैफलाई निकै रुचाएको छ । यसकारण यो भन्न गलत नहोला कि भिलेनको रोलमा सैफ सबैभन्दा फिट छन् ।

अभिनेता सैफको नयाँ फिल्म ‘जवानी जानेमन’ हो । यो फिल्मको हालै ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा उनले मोजमस्ती गर्ने युवकको भूमिका निभाएका छन् । यसमा अभिनेत्री तब्बू र आलिया फर्नीचरवालाको पनि प्रमुख भूमिका छ । फिल्म ३१ जनवरीमा प्रदर्शनमा आउँदैछ । नितिन कक्करले फिल्मको निर्देशन गरेका हुन् ।