काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रवार दिनभर मौसम बदली कायमै रहने र पानी पर्ने तथा रोकिने क्रम जारी रहने जनाएको छ । महाशाखाका अनुसार शनिवारबाट मौसममा सुधार आउने देखिए पनि छर्लङ्ग घाम भने देख्नु मुस्किल हुनेछ ।

मौसमविद राजु प्रधानाङ्गले जाडो अवधिभर पश्चिमी न्यून चापीय प्रणालीको हालीमुहाली हुने भएका कारण जुनसुकै बेला मौसम विग्रन सक्ने सम्झावना रहने बताए । उनका अनुसार शुक्रवार भन्दा शनिवार सुधार देखिएपनि पूर्ण रुपमा सुधार आउन समय लाग्ने देखिन्छ ।

अहिले पश्चिमी क्षेत्रमा प्रश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुँदै गएको र मध्य र पूर्वी क्षेत्रमा कायमै रहेको मौसमविदले बताएका छन् । काडमाडौं उपत्यकासहित मध्य र पूर्वका अधिकांश ठाउँमा शुक्रवार दिनभर मौसममा बदली कायमै रहने बताइएको छ ।