काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गईहेको जनाएको छ ।

विभागले विहान देशभर आंंशिकदेखि सामान्य बदली भई एक दुई स्थानहरुमा वर्षा र हिमपात भएको जनाएको छ । शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै शनिवार राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ भने राती देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

यस्तै, सोमबार दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ ।