झापा । मानवीय सेवाका लागि अनुमति लिएर सञ्चालन गरिएका धेरै जसो एम्बुलेन्स नै बिभिन्न ठगी धन्दा र नियम विपरित भएको पाइएको छ । झापामा एम्बुलेन्स सेवा सञ्चालन समितिले गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।

समितिले झापाको दमक क्षेत्रमा गरेको अनुगमनको क्रममा एकै दिन ७ वटा एम्बुलेन्समा विभिन्न खाले कमजोरी भेटिएको थियो । यसरी मापदण्ड विपरित सञ्चालन भएका एम्बुलेन्स समितिले नियन्त्रणमा लिएको छ ।

समितिका सदस्य सचिव समेत रहेका जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार मंगलबार १३ वटा एम्बुलेन्समा अनुगम गर्दा ७ वटा नियम बिपरित सञ्चालन गरिएको जानकारी दिए ।

यि मध्ये धेरै जसोले सेवा स्वीकृत एक स्थानको लिएर अर्कै क्षेत्रमा सञ्चालन गरिएको पाइएको थियो । यस मध्ये एउटा एम्बुलेन्सले ताप्लेजुङ जिल्लामा सञ्चालन गर्ने सञ्चालन अनुमति लिएर दमकमा सञ्चालन गरिरहेको पाइएको थियो ।

एम्बुलेन्समा रातो अक्षरमा लेखिनु पर्नेमा कसैले हरियो लेखेको पाइएको थियो । यस्तै कुनै एम्बुलेन्समा चालकलाई फस्टेट तालिम समेत नलिएको पाइएको थियो । यसरी एम्बुलेन्स सेवा सञ्चालन निर्दे्शिका बमोजिम सञ्चालन भएका एम्बुलेन्सलाई कार्वाहीका लागि नियन्त्रणमा लिएको छ ।

धेरैले फष्ट एड बक्स ( प्राथमिक उपचार सामाग्रीको बाकस) नै नराखेको पाइएको थियो । बेजिल्ला नविकरण गर्दै जरिवाना र राजस्व समेत ठगि गरेको पाइएको थियो । भने केहीका सस्था नबीकरण नगरीएको, अक्सिजन डिलिण्डरदेखि आवश्यक बस्तु समेत नभएको पाइएको थियो ।

यसरी नियम बिपरित सञ्चालन भएको एम्बुलेन्सलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । अब आवश्यक जरिवाना र नवीकरण नभएकाले नवीकरण गर्ने आवश्यक कागजपत्र पुरा गरेरमात्र छोडिने एम्बुलेन्स सेवा सञ्चालन समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदय राना मगरले बताए ।