काठमाडौं । वेष्ट इण्डिजका क्रिकेटर ड्वेन स्मिथले भैरहवा ग्लाडियटरबाट यो यामको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेट खेल्ने भएका छन् । भैरहवाले शनिवार विज्ञप्ति जारि गर्दै स्मिथ अनुबन्ध भएको जनाएको छ । ३६ वर्षे स्मिथलाई भैरहवाले आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

अनुबन्धको रकम भने खुलाईएको छैन । भैरहवा शरद भेषावकरको कप्तानीमा ईपीएल खेल्ने छन् । चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।