काठमाडौँ । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।

सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु । नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।’

नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । उनले सोमवार मात्रै पद तथा गोपनियताको शपथ लिर्इ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका हुन् ।