काठमाडौं । जावलाखेल ग्रुप अफ ईडष्ट्रिजले आफ्नो उत्पादन रुस्लान भोड्काबारे सामाजिक सञ्जाल र केही अनलाईनमा आएका खबरको खण्डन गरेको छ ।

उसले सामाजिक सञ्जालमा प्रेषित समाचारले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखबारमै विज्ञप्ति प्रकाशन गरी खण्डन गरेको हो ।

स्वाद र सन्तुष्टिप्रतिको प्रतिवद्धताका कारण रुस्लान आईटीक्युआई, बेल्जियम मोन्डे सेलेक्शन ईन्टरनेशनल ईन्टिच्युट अवार्डलगायत पाएको ईण्डष्ट्रिजले उल्लेख गरेको छ ।

केही दिन पहिले सामाजिक सञ्जाल र केही अनलाईनमा रुसलान भोड्का पिउँदा ब्रेन नै ड्यामेज हुने र मुटु रोग तथा क्यान्सर नै हुने भन्दै समाचार शैलीका विवरण आएका थिए ।

मंगलबार मात्रै विश्वभर क्यान्सर दिवस मनाईएको छ । क्यान्सर दिवस पारेर नेपालमा गरिएका कार्यक्रममा विशेषज्ञ चिकित्सकले ४० प्रतिशत अल्कोहल रहेका हार्ड ड्रिङ्कहरु दैनिक ४४ मिलिलिटरसम्म खानेलाई क्यान्सर नभएको तथ्य प्रस्तुत गरेका छन् ।

यो लिमिटेशनभन्दा माथिजानेहरु भने क्यान्सरको सिकार हुने प्रवल सम्भावना हुने जानकारी उनीहरुले दिए ।

आफुहरुले विदेशमा पनि रुस्लानको स्वाद लिन पाइने योजना बनाइरहेकै बेला यस्तो प्रचार गरिएको जावलाखेल ईन्डष्ट्रिजका कार्यकारी निर्देशक सशिन जोशीले बताए ।

उनका अनुसार अब रुस्लान जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, हङकङ र बेल्जियममा समेत उपलब्ध हुने भएको छ ।