काठमाडौं । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा उनको बुधवार निधन भएको हो ।

मुटुको समस्याबाट पीडित शर्मा चार दिनअघि मात्रै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा मंगलवार मनमोहन कार्डियो थोरासिक लगियो ।

उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। नेपाल टेलिभिजनमा ‘विश्व घटना’ कार्यक्रम उनैले सुरू गरेका थिए। शर्माको जन्म इलामको फिक्कलमा भएको हो । शर्माका श्रीमती र दुई छोरा छन् ।