काठमाडौं । वर्तमान सरकार गठन हुनेवित्तिकै कुनै पनि किसिमका कालाबजारी, कार्टेलिङ स्वीकार्य हुने छैन भनेको थियो । तर, यो बीचमा व्यापारी र विचौलियाले कयौँ त्यस्ता हर्कत गरे जसले उपभोक्ताको नियमित ढाड सेकिँदै आएको छ । उदाहरणका लागि केही समय पहिले कुखुराको चल्ला खाल्डोमा गाडेको र चल्चा निकाल्ने तयारीमा रहेका अण्डामा तोतोपानी खन्याएको तथा अण्डा बाटोमा ल्याएर सोतर पारेको घटनै काफी छ । जसकारण अहिले कुखुराको मासुको भाउ आकासिएको छ ।

यसरकार बल्ल अनुगमन तीब्र बनाउने भनिरहेको छ । वााणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भनेको हो । विभाग बजारमा अनुगमन कम हुँदा दैनिक उपभोग्य समानको मूल्य आकासिएको जनगुनासो बढिरहेको बेला अनुगमनलाई परिणाम देखिने गरि काम सुरु नै गरिएको बताइरहेको छ । तर, बजारभाउ मनोमानी छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा मासुको मूल्य व्यापारीको कार्टेलिङका कारण बढेको कुरा अहिले भनेका छन् । उनले अब यो विषयमा पशु सेवा विभागसँग समन्वय गरेर विस्तृत निचोड निकाल्ने र कार्टेलिङ गर्ने व्यापारीलाई कारबाही अघि बढाउने कुरा सुनाए ।

महानिर्देशक सुवेदीले लसुनको मूल्य बढ्नुमा सप्लाई कम हुँदा भएको बताउँदै मासुको कार्टेलिङमा को–को मिलेर गरेका छन् त्यसको विस्तृत विवरण खोज्ने बताए । यो आर्थिक वर्षको ६ महिनामा विभागले ८०७ व्यवसायिक फर्ममा अनुगमन गरेको थियो । संरक्षण विभागले त्यो अनुगमन गर्दा २८६ फर्मलाई कारवाही अघि बढाएको छ ।

साथै यि मध्ये १३३ जनालाई स्पष्टिकरण सोधिएको र ४७ फर्मलाई कारोवार रोक्का (सिलबन्दी)गरिएको थियो । अनुगमनका क्रममा दुई वटा फर्म विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको र १८ फर्मबाट संकलित नमुनाको गुणस्तर परीक्षणका लागि पठाईएको विभागले जनाएको छ । यो अवधिमा २८६ फर्मको कारबाहीबाट एक करोड ५१ लाख रुपियाँ जरिवाना गरिएको बताइएको छ ।