काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ५० वर्षिय उपाध्यायको शुक्रबार विहान रूपन्देहीस्थित निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए। उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध रहेर काम गरेका थिए ।

उपाध्यायको श्रीमती, तीन जना छोरा र दुई जना छोरी छन् । उपाध्यायको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने प्रदेश सभा सदस्य फकरुद्दिन खानले जानकारी दिए ।