काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीले दिउसो दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने तय भएको थियो ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन भोली शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको सल्लाहकार थापाले जानकारी दिए ।