काठमाडौं । गोकुल प्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराइसके ।

प्रमुख विपक्षप् दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अवरोध गरेसँगै ढिलो गरि सुरु भएको प्रतिनिधि सभामा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामाको जानकारी दिएका हुन् ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि सबैतिरबाट उनको राजीनामा मागियो । एक स्वीस कम्पनीका नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि कुराकानी गरेको अडियो अहिले छ्यापछ्यापती भएको छ ।

स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको कुरा अडियोमा सुन्न सकिन्छ ।