काठमाडौं । ‘यो रोग त मेरो सबै भन्दा ठूलो दुष्मनलाई पनि नलागोस् भन्छु’‍‍… यो पंक्तिकार हो, विगत ७–८ वर्षदेखि माइग्रेनको समस्याबाट पीडित बाँके नेपालगन्ज–२० राँझाका सन्दीप श्रेष्ठको । तर, उनले यो पंक्तिकार बोल्ने अवस्थासम्म आइपुग्दा माइग्रेनसँग कम्ता कष्ट सहनु परेन । यतिसम्म कि कुनै क्षण उनको दिमागमा आत्महत्याको ज्वार उठ्थ्यो ।

माइग्रेन अर्थात् टाउको दुख्ने समस्या– जसले मानिसलाई ज्यूँदै मृत्युको अनुभूति गराउँछ । यो समस्यामा परेका मान्छेहरु यसरी बाच्नु भन्दा बरु मर्नु बेस भन्नेसम्म पुग्दछन्, जसरी सन्दीप पनि पटक–पटक मृत्युनजिक पुग्थे । भनिन्छ, माइग्रेन महिलामा बढी देखिने रोग हो । तर, पछिल्लो समय पुरुष पनि यसको सिकार भएका छन् । त्यसरी माइग्रेनको सिकार भएका पुरुष हुन् सन्दीप पनि ।

सन्दीप पेशाले शिक्षक हुन् । नेपालगन्जको राँझा विमास्थलन नजिकै उनको घर छ । उनी १९–२० वर्षको हुँदै यो समस्या देखियो । र, उनले सुरुसुरुमा वास्ता गरेनन् । २१–२२ वर्षको उमेरमा भने उनी निम्स खाएर बस्ने भइसकेका थिए अर्थात् उनलाई टाउको दुःखेको राम्रैसँग थाहा हुन थालिसकेको थियो । यो माइग्रेनको समस्या हो भन्ने थाहा पाएपछि उनी उपचारका लागि कहाँ–कहाँ पुगेनन्, नेपालगन्जका अस्पताल त उनका लागि पानी पँधेरोजस्तै भइहाले । व्यथा कम गर्न उनले चितवन, काठमाडौं, भारतको लखनउ लगायत थुप्रै ठाउँका अस्पताल चहारे, सन्दीपले । भनिन्छ, सास रहेसम्म आश हुन्छ । तर, कति गर्दा पनि व्यथा विसको उन्नाइस नभएपछि आश मार्थे उनी पटक–पटक ।

नेपाल–भारतका अस्पताल चहार्दा उनले कति खर्च भयो भन्ने समेत याद गरेका रहेनछन् । उनी भन्छन्, ‘एक पल्ट उपचार गर्न जाँदा ८ देखि १० हजार खर्च हुन्थ्यो । र, दुई–तीन महिनामा फेरि गइहाल्नु पर्ने । औषधि खाँदा ठीक भएजस्तो हुन्थ्यो । तर, फेरि समस्या बल्झिहाल्थ्यो ।’

उनी भन्छन्, ‘शुरुमा मलाई सहन गाह्रो हुने, राति सुत्दा सपनामा टाउको दुख्थेँ । र, उठ्दा टाउको दुखिरहेको हुन्थ्यो । टाउको दुखिरहने हुँदा मैले कयौँ पल्ट डिप्प्रेशनको औषधि खाए । राति टाउको दुख्दा सबै परीवारलाई बोलाएर वरिपरि सँगै राख्थे । भोली उठ्दा बाच्दिनकी भनेर ।’ बच्चालाई अँगालो हालेर रुन्थे, उनी थप्छन्, ‘परिवारका मान्छेसामु असाध्यै रुन्थेँ ।’

मलाई आफ्नो पेशा सम्हाल्न पनि गाह्रो हुन्थ्यो । कुन बेला दुख्थ्यो कुन बेला दुख्दैन थियो थाहा हुन्थेन र छुट्टी लिन्थे । आफुले पढेको स्कुल हुनाले अन्य शिक्षकहरुले मेरो समस्या बुझिदिनु भयो, उनी भन्छन्, ‘टाउको दुखेको भन्दा मान्छेहरु विश्वास गर्दैन थिए । ठट्टा गरेको भन्ठान्थे । छिनछिनमै टाउको दुख्यो भन्छ भनेर खिसी गर्थे ।’

उनलाई उज्यालोमा बस्न मन नलाग्ने, बोल्न मन नलाग्ने, अध्यारो मन पर्ने, हातखुट्टा कमजोर हुने, खान मन नलाग्ने हुन्थो । उनी भन्छन्, ‘डेढ वर्षसम्म मैले टाउको दुःखेको थाहा पाइँन । निम्स खाएर बसे र पछि आएर थाहा भयो जसले शरीरलाई धेरै घाटा पुग्ने रहेछ ।’

काठमाडौँको ठूलो अस्पताल पुगे, लखनउमा गएर त्यहाँको न्यूरो सर्जनलाई पनि देखाए । त्यसपछि कोलपुरको शिक्षण अस्पताल, नेपालगञ्जको मेडिकल कलेज सबैतिर डुले, सन्दीप भन्छन्, ‘तर, निको भएन । औषधि सकिएपछि फेरी टाउको दुखिहाल्थ्यो । वर्षको एक ढेड महिना म मर्ने की बाच्ने भन्ने अवस्थामा पुग्थेँ दुखाइले गर्दा ।’

तर, अहिले सन्दीपले छुट्कारा पाएका छन्, माइग्रेनबाट । जब उनी ललितपुरको बालकुमारीमा रहेको सफल हेल्थ होम पुगे, तब उनले माइग्रेनबाट छुट्कारा पाए । सफल हेल्थहोमको उपचारपछि उनी घर फर्किएका छन् । बाँकेमै रहेका उनीसँग टेलिफोन सम्वाद भयो । उनले भने, ‘सफल हेल्थ होमबाट फर्किएपछि अहिले टाउको दुःख्ने समस्याबाट मुक्ति पाएँ । आँखा र रक्तचापको समस्याले चक्कर लाग्ने समस्या चाँहि छ । तर, टाउको दुःखेको छैन ।’

उनी त्यो बेला आमाको अगाडि बसेर छोरी समातेर रोएको घटना अहिले पनि सम्झिन्छन् । बुबा नभएको घरमा एउटा छोरो पनि मरेतूल्य हुँदा निकै संकटमा परेको थियो, मेरो परिवार–सन्दीपले भने । उनले सफल आएपछि आफुले नयाँ जीवन पाएको बताए । र, उनी भन्छन्, ‘सफल हेल्थ होमले मेरो जीवन सफल बनाइदिएको छ ।’

सफल हेल्थ हाेममा उपचारपछि सन्दीपले बाेलेकाे भिडियाे