एजेन्सी । विश्व माहामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको प्रभाव विभिन्न सार्वजनिक कार्यक्रमसँगै खेल क्षेत्रमा समेत परेको छ । कोरोनाभाइरसको आतंक बढ्न थालेपछि यूरोपेली फुटबलको छाता संगठन यूरोपेली फुटबल महासंघले अर्को हप्ताका लागि तय गरिएका सबै खेलहरू स्थगित गरेको छ ।

यूरोपियन लिगअन्तर्गतका च्याम्पियन लिग, राउन्ड अफ सिक्सटिन सेकेण्ड लिग, यूरोपा लिग र सबै यूथ लिगहरू स्थगित गरेको जनाएको छ । यी प्रायः खेलहरू १७, १८ र १९ मार्चका लागि तय गरिएका थिए ।

त्यसका साथै भारतको सबैभन्दा ठूलो क्रकेट लिग इन्डियन प्रीमियर लिग पनि स्थगित भएको छ । भारतीय क्रिकेट काउन्सिलले २९ मार्चबाट तय गरेका आईपिएल खेल स्थगित भएको जनाएको छ ।

भारतीय क्रिकेट काउन्सिलका प्रमुख सौरभ गांगुली र सेक्रेटरी जय शाहलगायतको बैठकले उक्त निर्णय गरेको हो । बीआईसीसीले आगामी १५ अप्रिलसम्म लिग सुरु नहुने जनाएको छ ।